समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

सांसदलाई आफ्नो भूमिका वृद्धि गर्न प्रधानमन्त्रीको निर्देशन

News Image

काठमाडौं, साउन २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफ्नो भूमिका वृद्धि गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सांसदहरुलाई संसदभित्र आ–आफ्नो भूमिकालाई वृद्धि गर्न निर्देशन दिनुभएको हो ।

उहाँले अवरुद्ध संसद खुलाउनका लागि प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दलहरुसँग छलफल गर्ने पनि बताउनुभएको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सांसदहरुलाई सुशासन, समृद्धि र सामाजिक न्याय सहितको रुपान्तरणका लागि संसदमा माओवादी केन्द्रको भूमिकालाई बढाउनुपर्ने प्रधानमन्त्री प्रचण्डको निर्देशन रहेको जानकारी गराउनुभयो ।

प्रधानमन्त्रीले सभामुखसँग दलको शीर्ष नेताको बैठकपछिको विकसित घटनाक्रमहरुको बारेमा सांसदहरुलाई आवश्यक जानकारी गराइने पनि बताउनुभएको जानकारी उहाँले दिनुभयो ।

‘‘हाम्रो पार्टीको केन्द्रीय समिति बैठकले लिएको निर्णयहरु व्यवहारमा कार्यान्वयन गर्नका लागि, सदन सुचारु गर्नका लागि, सत्ता पक्षको मात्र होइन समग्र नेपाली जनताको भावनाहरुलाई पनि समेटेर, सुशासन, समृद्धि र सामाजिक न्यायसहितको रुपान्तरणका साथ अगाडि बढ्नका लागि हाम्रो सङ्घीय संसद्को भूमिकालाई अझ वृद्धि गर्नका लागि निर्देशित गर्नुभयो ।,’’ प्रमुख सचेतक पाण्डेले  भन्नुभयो, ‘‘त्यसका साथै समिति सभापतिहरु हामीले छिट्टै निर्वाचन गर्नुपर्नेछ । त्यसका बारेमा पनि कुरा गर्नुपर्नेछ । संसद सञ्चालन गर्नका लागि, सभापति लगायतका अरु विषयका लागि प्रमुख प्रतिपक्षी दलका नेताहरु लगायत अन्य मुख्य मुख्य दलका नेताहरुसँग, सँगसँगै सत्तापक्षका अरु नेताहरुसँग पनि छलफल गरेर ठोस निचोड निकालिन्छ । आज नै सभामुखले शीर्ष नेताहरुसँग छलफल बोलाउनुभएको छ । त्यो छलफलपछि आवश्यक निर्देशनहरु जानकारी गराउनेछौँ भनेर उहाँले निर्देशित गराउनुभएको छ ।’’

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सङ्घीय शिक्षा ऐन, सङ्घीय निजामती कर्मचारी ऐन र प्रहरी समायोजन ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा रहेको कुरा बताउनुभएको पाण्डेले उल्लेख गर्नुभयो ।

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved