समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

लुटपाटमा संलग्‍नलाई गोली हानी नियन्त्रणमा लिइयो

News Image

काठमाडौँ — लुटपाटमा संलग्न एक व्यक्ति प्रहरीको गोली लागेर घाइते भएका छन् । गोकर्णेश्वर नगरपालिका–३ जगडोलमा प्रहरीको गोली लागी सिन्धुली कमलामाईका अमर घलान घाइते भएका हुन् ।

दाहिने घुँडा र तीघ्रामा गोली लागेर घाइते घलानको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेश मैनालीले बताए ।

मैनालीका अनुसार घलानको साथबाट ७ राउन्ड गोलीसहितको एक थान पेस्तोल बरामद भएको छ । मोटरसाइकलमा आएका तीन जनाको समूहलाई पछ्याउँदै गएको प्रहरीमाथि आक्रमण प्रयास गरेकाले जवाफी कारबाहीको क्रममा घलानलाई गोली हानेर नियन्त्रणमा लिएको मैनालीले बताए ।

घलानसहितका व्यक्ति काठमाडौंमा लुटपाटमा संलग्न रहेको उनले बताए । प्रहरीले सर्लाहीका सन्त लामा र सिन्धुपाल्चोकका जितेन लामालाई पनि दुई थान मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।

 

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved