समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

मोदी भ्रमणबारे सरकारसँग सांसदको जवाफ माग

News Image

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिनाजानकारी भ्रमण गरेको भन्दै सांसदहरूको आपत्ति

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले भारतीय प्रधानमन्त्रीले नेपाली भूमिमा अनधिकृत रूपमा प्रवेश गरेको भन्दै आपत्ति जनाएका हुन् । प्रमुख प्रतिपक्ष एमालेका सांसद ठाकुर गैरेले मोदीले मर्यादालाई उल्लंघन गरेर नेपाली भूमि कालापानी क्षेत्रको भ्रमण गरेको भन्दै आपत्ति जनाए । सामान्य शिष्टाचार र कूटनीतिक मर्यादाविपरीत कालापानी क्षेत्रको भ्रमण गरेको उनको भनाइ थियो ।

भारतका प्रधानमन्त्रीले एउटा सामान्य शिष्टाचार, कूटनीतिक मर्यादा, स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न भौगोलिक रूपले अखण्ड नेपाल र त्यससँगको भारत र नेपालबीचको सम्बन्ध र सामान्य मर्यादालाई समेत उल्लंघन गरेर भ्रमण गर्नुभएको छ । यो कुनै पनि हिसाबले सही होइन,’ गैरेले भने, ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि हो । हामी कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छ भनिरहेका छौं । भारतीय प्रधानमन्त्रीको यो भ्रमण नेपाल र भारतबीचको सम्बन्धको विपरीत छ । सामान्य कूटनीतिक मर्यादाको विरुद्धमा छ ।’

माओवादी सांसद माधव सापकोटाले नेपालले कूटनीतिक सक्रियता र भूमिका बढाउन जरुरी रहेको बताए । भारतीय प्रधानमन्त्री मोदी नेपालको कालापानी क्षेत्रमा आएको कुरालाई उल्लेख गर्दै उनले छिमेकी देशलाई विश्वासमा लिँदै कूटनीतिक सक्रियता बढाउनु जरुरी देखिएको भनाइ राखे । ‘यी तथ्यले देखाउँछन्, कूटनीतिक हिसाबले हाम्रो सक्रियता र भूमिका जिम्मेवार र बुद्धिमतापूर्ण हुनुपर्छ,’ उनले भने, ‘मलाई लाग्छ, सरकारले पनि सुन्यो होला ।’

कांग्रेस सांसदसमेत रहेका राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले भारतीय प्रधानमन्त्री मोदीको नेपाली भूमिमा औपचारिक भ्रमण नभएकाले चासो लिनुपर्ने आवश्यकता नभएको बताए । ‘राजकीय भ्रमणका रूपमा नेपाली भूमिमा आएको भए सम्मान र सत्कार गर्नुपर्ने हुन्थ्यो, व्यक्तिगत भ्रमणबारे जानकारी गराउनु/नगराउनु उहाँहरूकै कुरा हो । उहाँ राज्यलाई थाहा दिएर आधिकारिक रूपमा प्रवेश गर्नुभएको होइन, त्यसैले राज्य व्यवस्था समितिले त्योबारेमा धेरै चासो लिएन,’ उनले भने, ‘व्यक्तिगत भ्रमणमा पनि परराष्ट्र मन्त्रालयलाई सामान्य जानकारी छ कि छैन, राज्यका कुन–कुन संयन्त्रलाई जानकारी दिनुभयो भन्ने उहाँहरूको कुरा हो । यसमा राज्यका तर्फबाट चासो लिएको छैन ।

राप्रपाका सांसद दीपकबहादुर सिंहले छिमेकी देशका प्रधानमन्त्री बिनाजानकारी नेपाली भूमिमा आउँदा पनि सरकार टुलुटुलु हेरेर बसिरहेको भन्दै सरकारप्रति आपत्ति जनाए । ‘दुर्भाग्य हामी नेपालीहरूको हो । यसरी छिमेकी राष्ट्रका प्रधानमन्त्री नेपालको भूमिमा जानकारी नै नदिएर आउँदाखेरि पनि सरकार लाचार भई टुलुटुलु हेरिराखेको छ,’ उनले भने, ‘यो सरकारबाट हामीले के आशा राख्ने ?’

नेपाली भूमिमा मोदी आएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सरकारको जवाफ माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मोदीले नेपाली भूमि गुन्जीमा गरेको भ्रमणबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने बताए । ‘छिमेकी राष्ट्रको प्रधानमन्त्री हाम्रो भूभागमा आउँदा सरकारले न कुनै स्वागत गरेको छ, न देशलाई कुनै जानकारी गराएको छ, यो कुटी, गुन्जी अहिले सम्माननीय सभामुख आसीन हुनुभएको चियरको अगाडिको डेस्कको चुच्चे नक्साभित्र नै पर्छ,’ उनले भने ।

मोदी आएको आधिकारिकताका लागि प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्दा त्यहाँ जान नपाउने कुरा थाहा भएको लामिछानेले उल्लेख गरे । ‘म सरकार र परराष्ट्र मन्त्रालयलाई सोध्न चाहन्छु– आफ्नो भूमिमा छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमणबारे सरकारले नेपाली जनतालाई, सदनलाई जानकारी गराउनु पर्दैन ? यत्रो ठूलो भ्रमणमा मित्रराष्ट्र छिमेकी राष्ट्रको त्यति ठूलो व्यक्तित्व, सरकार प्रमुख हाम्रो भूमिमा आउँदाखेरि सरकारले उहाँलाई स्वागत गर्नु पर्दैन ? कुनै कार्यक्रम हुनुपर्दैन ? त्यसका औपचारिकता हुँदैनन् ?’

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved