यो वर्ष ग्रह स्थिति मध्यम रहनेछन् । वर्षारम्भमा चन्द्रमाप्रतिकूल रहने र वर्षभरि नै शनिप्रतिकूल रहेकोले एकपछि अर्को समस्याले सताउने, गरेका काममा सफलता नमिल्ने, मन अशान्त भइरहने योग छ । विवाद बढ्ने सञ्चित धनको नास हुने, अरुबाट तीब्र आलोचना हुने योग भएकोले संयम हुनु पर्ला । मित्रहरूले धोका दिने परिवारले साथ नदिने भएकोले समस्या अरु जटिल बन्नेछ । दाँत, मुखमा पिडा हुनेछ । अरुको काम धेरै गर्नुपर्ने तर जस नपाउने अवस्था छ । खर्च बढ्ने आम्दानी नहुने तथा झुटा आरोपको सामना गर्नु पर्ने बाध्यताहरू आइपर्नेछन् । स्वास्थ्य निकै कमजोर हुनेछ । व्यापारमा संकट आउने यात्रामा अवरोध आउने र पति पत्नी बिचमा राम्रो सम्बन्ध नहुने भएकोले मन उदास रहनेछ । सन्तान तथा माता पिता बिचको सम्बन्ध समेत नराम्रो हुने भएकोले सबैतिरबाट एक्लिने अवस्थाले मनस्थिति बिग्रने अवस्था आउन सक्छ । पढाइमा रुचि पनि देखिन्न गरेका प्रयास हरू पनि सन्तोषप्रद रहने छैन । सत्रु प्रसस्त मात्रामा बढ्नेछन्। नोकरीमा स्थानान्तरण हुने बलियो सम्भावना छ । राजनीतिमा प्रसस्त संकटको सामना गर्नु पर्नेछ । धर्मतिर मन नजाने र भाग्यले समेत साथ नदिने भएकोले संयम भएर अगाडि बढ्नु पर्ला । २०८१ बैशाख १८देखि गुरू सप्तम स्थानमा प्रवेश गर्ने र पञ्चम मीनको राहु र एकादशम केतु यही बैशाख १८देखि अवस्था परिवर्तन हुनेछ । वैदेशिक कार्यमा सफलता मिल्ने योग छ । व्यापारमा सफलता मिल्नेछ । कटनैतिक कार्यमा सोचे जस्तै सफलता मिल्नेछ । छात्रवृत्ति हासिल गरेर विदेश पढ्न जाने अवसर मिल्नेछ । सन्तान नहुनेहरूको लागि सन्तान प्राप्ति हुने योग छ । बोलिको प्रभावमा महत्वपूर्ण व्यक्तिलार्ई आफ्नो वषमा लिँदै अगाडि बढ्न सकिनेछ । कूटनीतिक कार्यमा चमत्कारिक सफलता हासिल गर्दै देशका निमित्त कीर्तिमान कायम गर्ने अवसर पनि मिल्नेछ । आम्दानीका अवसरहरू धेरै मिल्नेछन्। प्रेम गर्ने अवसर मिल्नुको साथै वैवाहिक बन्धनमा बाँधिने योग छ । भुलेका विदेशका प्रेम पात्रहरूले क्षमा मागेर पुनर्मिलनको प्रस्ताव राख्नेछन् । सबै काम वैशाख १८ पछि सुरु गर्नुहोला । ज्येष्ठ, भाद्र, आश्विन, माघमा पराक्रम बढ्ने अधुरा काम बन्ने, धन मनग्य कमाउने अवसर मिल्नेछ । आषाढ, कार्तिक ,फाल्गुनमा घरेलु समस्याले सताउने, मन विचलित हुने,प्रतिष्ठामा आँच आउने योग भएकोले गोपनियता अपनाउनु वेस हुनेछ । ॐ नमः शिवाय मृत्युञ्जय महादेवाय नमोऽस्तुते । यो मन्त्रको जप बिहान बिहान गरे केही लाभ मिल्न सक्छ ।