यो वर्ष ग्रहगोचर राम्रो छ । आँटेको काममा सफलता मिल्नेछ । अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीव्रता आउनुको साथै जोस र जाँगर बढ्ने तथा पुराना समस्या सुल्झाउने अवसर पनि मिल्नेछ । नयाँ कामहरू पनि पाउने योग छ । गुरूको अनुकूलताले बोलीको प्रभाव बढ्नेछ । भाग्य बलियो छ । धार्मिक कार्यहरूमा धेरै प्रगति देखिन्छ । शैक्षिक व्यवसाय गर्नेहरूको लागि समय वर्षभरि नै अनुकूल रहनेछ । व्यापारमा सोचेजस्तै लाभ मिल्ने र वैदेशिक कार्यहरू सुचारु भएर अघि बढनेछन् । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ। पति पत्नी बिचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ । नोकरी तथा राजनीतिमा गुमेको स्थान फर्काउन सकिनेछ । आम्दानीका अवसरहरू प्रसस्त प्राप्त हुनेछन् । भुलेका मित्रहरूले सम्झनेछन् । विद्यार्थी जीवनमा प्रेम प्रसङ्ग अघि बढ्दा खर्चमा बढोत्तरी हुन सक्ने भएकोले संयम हनुहोला । चलिरहेको प्रेम वैवाहिक बन्धनतिर अघि बढ्नेछ । राहु बाह्राैँ भएकोले अरुबाट आलोचना हुने, काममा बाधा आउने धनमाल हराउने सम्भावना रहेकोले बोल्न विचार पुर्याउनु होला। टाउकोमा राहु वसेकोले पिडा हुने हातका नसाहरू कमजोर हुने दाजुभाइ र सन्तान सहयोगीहरूसँग विमति वर्षभरि नै छ । अरुको विश्वास गरिहाल्नु उचित नहोला । आषाढ कार्तिक फाल्गुन महिनामा महत्वपूर्ण काम सकेसम्म नगर्नु राम्रो देखिन्छ । बैशाख ज्येष्ठ आश्विन पौषमा आँटेका काम धेरै पूरा हुनेछन् ।