वर्षको आरम्भमा ग्रह अनुकूल रहनेछ । शुरुका दिनमा गुरूको अनुकूलताले आँटेका काममा सजिलै सफलता पाउनु होला । नयाँ कामको अवसर पनि मिल्नेछ । अरुको विश्वास जितेर अघि बढ्न सकिनेछ । भाग्यले साथ दिने, धार्मिक कीर्तिका कामहरू गर्ने गराउने अवसर मिल्ने र समाजिक प्रतिष्ठा बढ्ने योग छ । कुरा काट्नेहरू आफै निस्तेज हुनेछन् । आम्दानीका अवसरहरू पर्याप्त मिल्नेछन् । प्रेम गर्नेहरूका लागि समय अनुकूल रहनेछ । वैवाहिक बन्धनमा बाँधिने र सन्तान प्राप्तिको पनि सम्भावना छ । घर सम्पत्ति जोड्ने अवसर पनि मिल्नेछ । बौद्धिक कार्यलाई तीब्र रूपले अघि बढाउन सकिनेछ । पढाइमा गरेका प्रयासहरू सकारात्मक रहनेछन । राज्यबाट सम्मान पाउने योग छ । वैशाख १८ गतेपछि पञ्चम गुरू केन्द्रादि दोष बनाएर दशमा भावमा र अष्टम राहु र द्वितीय केतुप्रतिकूल रहने भएकोले संयम रहनु राम्रो । मनमा चिन्ता बढ्ने, काममा अवरोध आउने, स्वास्थ्यमा समस्या आउन सक्ने भएकोले खानपानमा ध्यान दिनु उचित होला । विश्वास गरेकाले धोका दिने भएकोले संयम हुनुहोला । काममा तगारो लगाउनेहरू सक्रिय हुनेछन् । सहयोगीहरूबाट र दाजुभाइहरूबाट समेत धोका हुन सक्ने भएकोले गोपनीयतामा जोड दिनुहोला । सप्तम शनि स्वगृही भएकोले प्रयत्न गर्दा वैदेशिक कार्यमा सफल भएपनि अरुबाट धोका र षड्यन्त्र हुने भएकोले सबै काममा आफैले ध्यान दिनुहोला । राजनीतिमा पाएको सुविधा जोगाउन अलि कसरत गर्नु पर्ला । आषाढ, कार्तिक, फाल्गुन महिना अनुकूल हुने काममा सफलता मिल्ने शत्रु पराजय हुने र धन मनग्य कमाउने अवसर मिल्ने छ । श्रावण मार्ग चैत्र महिना महिनाका दृष्टिले प्रतिकूल रहनेछ । स्वास्थ्य हानि शत्रु बाधा काममा अवरोध घरेलु समस्याले सताउने र चिन्ताबढ्ने योगछ । ॐ नमो भगवते वाशुदेवाय नमः यो मन्त्रको बिहान बिहान जप गर्नु होला ।