ग्रह गोचर वर्षको आरम्भमा अनुकूल रहेपनि वर्षभरिकै ग्रह गोचर प्रतिकूल रहनेछ । सुरुमा पञ्चम गुरू, तृतीय शनि मंगलको अनुकूलताले भाग्य बलियो हुने, शैक्षिक क्षेत्रमा सुधार आउने, सन्तानहरूसँगको सम्बन्धमा सुधार आउने भएकोले मनोबल बढ्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने र व्यापारमा सुधार आउनेछ । पति पत्नीबिच बिग्रिएको सम्बन्ध राम्रो हुँदै जानेछ । वैदेशिक कार्य सफल हुनेछन् । नोकरीमा आउने अवरोध हटेर जानेछन् । राजनीतिमा आउने समस्या हटेर जानेछन पराक्रम बढने क्रम भने यो सालभरि कायम रहने भएकोले मन बलियो बनाएर काम गर्नुहोला । बैशाख १८देखि गुरू कमजोर हुने र राहुले चतुर्थ भावमा, केतुले दशम भावमाप्रतिकूल प्रभाव पार्दा मित्र तथा परिवारहरूले विनाकारण संका उपसंका गर्ने भएकोले संयमित नभए मानसिक तनाव उच्च विन्दुमा पुग्ने र निकट जनहरूसँग त्यही कारण टाढिनु पर्ने आवस्था आउन सक्छ । घरेलु समस्या घरैमा मिलाउने प्रयास गर्नुहोला । गोपनियतामा सधैँ ध्यान दिनु राम्रो हुनेछ । खानपानमा ध्यान नपुगे पेट रोग बढ्ने, उच्च रक्तचाप बढ्ने र खर्च धेरै हुने अवस्था आउन सक्छ । झुटा आरोप पनि लाग्नेछ । नोकरिमा पटक पटक स्थानान्तरण हुनुको साथै छुट्ने अवस्थासम्म सिर्जना होला । रोजगारीको लागि निकै भौँतारिनु पर्ला । राजनीतिमा चारतिरबाट आक्रमण हुनेछ । सानो कुराले पनि पद तथाप्रतिष्ठा गुम्न सक्छ । दाजुभाइसँग सम्बन्ध बिग्रनेछ । सहयोगी र सेवकहरू छोडेर जाने धम्की दिन थाल्नेछन् । सन्तानसँग विमति र पति पत्नीबिच विवाद बढ्ने भएकोले सजग हुनु पर्ला । ज्येष्ठ, आश्विन, कार्तिक, फाल्गुन महिनामा गरेका प्रयासहरू सकारात्मक हुने र श्रावण, मार्ग र चैत्रमा धेरै समस्या आउन सक्ने भएकोले महत्वपूर्ण कामहरू आश्विन, कार्तिक र फाल्गुनमा गर्नु राम्रो हुन्छ । ॐ हँ हनुमते रुद्रात्मकाय हुं फट । यो मन्त्रको जप बिहान बिहान कम्तीमा १०८ गर्नु राम्रो हुनेछ ।।