वर्ष आरम्भको समय अनुकूल नभए पनि गुरूको अनुकूलताले विद्यामा ऐतिहासिक सफलता प्राप्त गर्नुहोला । राशिको राहु र बाह्रौँ शनिको प्रतिकूलताले मन खिन्न रहनेछ । धैर्य गर्दै अघि बढेमा बौद्धिक कार्यमा निकै लाभको अवसर मिल्नेछ । राज्यले महत्व बुझेर औकात अनुसारको स्थान र मान दिनेछ पाएको जिम्मेवारी पूरा गर्न पूर्ण रूपमा सफल हुनुहोला । भएका सन्तानबाट सुख हुने र सन्तान प्राप्तिको योग पनि छ । छात्रवृत्ति हासिल गरी विदेशको राम्रो महाविद्यालयमा पठन पाठन गर्न पाउने बलियो सम्भावना छ । अन्तराष्ट्रिय पुरस्कार सहितको चिनारीले तपाईँ स्वयम्लार्ई र देशलार्ई सम्मान प्राप्त हुनेछ । धार्मिक कार्यमा वैज्ञानिक माध्यमहरूले अघि बढाउन सफल हुनुहोला । खर्च बढे पनि लगानीको परिणामले व्यापारमा उन्नति हुनुको साथै धन प्रसस्त कमाउने अवसर मिल्नेछ । प्रेम सम्बन्धमा ह्रास आउने र नयाँ प्रेम हुने तर प्रेमले अशान्त बनाउने भएकोले प्रेममा जोड नदिनु राम्रो हुनेछ । वैवाहिक कुराहरूमा अवरोध आउने योग छ । राजनीतिमा संयम भए आफ्नो वर्चस्व बढाउन सकिनेछ । नोकरीमा पदोन्नति सहित महत्वपूर्ण स्थानमा स्थानान्तरण हुने योग छ । आषाढ ३१ बाट शनि बक्र हुँदा खर्च बढ्ने, स्वास्थ्यमा बाधा आउने शत्रु बढ्ने नोकरी तथा राजनीतिमा सत्रुले अवरोध सिर्जना गर्ने भएकोले गोपनियता अपनाउनुहोला । चिन्ता बढ्ने भएकोले धैर्यतामा जोड दिनुहोला । राशिको राहु सप्तमको केतु बाह्राँै शनिले गोचर गरिरहेकोले संयम हुनु राम्रो हुनेछ । तृतीय गुरू राशि स्वामी अनुकूल भएकोले धार्मिक पक्षलाई अँगाल्दै अघि बढेमा सत्रुमाथि विजय हासिल गरी अगाडि बढ्ने अवसर मिल्नेछ । दशमेश गुरूको बलले रोकिएका कामहरू बन्नेछन् । ज्येष्ठमा पराक्रम वृद्धि र काममा सफलता, भाद्रमा शत्रु पराजय र धनलाभ, पौष माघ महिनामा धन र मान प्राप्त हुने भएकोले महत्वपूर्ण काम गर्न यो समय राम्रो हुनेछ । आषाढ, कार्तिक, फाल्गुनमा खर्च बढ्ने विबाद बढ्ने स्वास्थ्यमा बाधा आउने चिन्ता बढ्ने भएकोले संयम भएर काम गर्नु राम्रो हुन्छ । ॐ भास्कराय विद्महे महाँतेजाय धीमहि तन्ने सूर्यः प्रचोदयात् ।। यो मन्त्र वर्षारम्भदेखि पढ्नुहोला ।