ग्रह गोचर यष वर्ष मध्यम रहनेछ। अढैया शनिकोप्र तिकूल प्रभाव वर्षभरि नै रहनेछ । कर्मेष र सप्तम अष्टम शनि अष्टम स्थानमा रहेकोले अर्थिक रूपमा अवस्था अनुकूल देखिन्न । स्वास्थ्यको अवस्था पनि राम्रो देखिन्न । हाडजोर्नीको समस्याले निकै सताउनेछ । आर्थिक कारोबारमा पनि समस्या आउनेछ । धार्मिक कार्यमा खासै रुचि देखिन्न । बेलाबेलामा मन विचलित भइरहनेछ । बैशाख १८ गतेबाट गुरू अनुकूल हुने भएकोले परिश्रमबाट काममा सफलता मिल्नुको साथै सत्रु पराजय हुने र मित्रहरूको सहयोग पाउने योग छ । पढाइमा रुचि बढ्ने, लेखन मार्गमा सफलता मिल्ने र बौद्धिक क्षेत्र बलियो हुनेछ । नोकरी तथा राजनीतिमा बौद्धिकता उपयोग गरे लक्ष्य अनुसार अघि बढ्न सकिनेछ । राजनैतिक नियुक्तिको सम्भावनाका साथै कुटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ । भएका सन्तानहरूबाट सुख र नहुने हरूको लागि सन्तान प्राप्तिको योग पनि यो वर्ष बलियो छ । शैक्षिक उन्नतिका अवसरहरू प्रसस्तै मिल्नेछन् । छात्रवृत्ति हासिल गरी विदेश पढ्न जाने अवसर मिल्नेछ । नयाँ घर, सवारी जोड्ने अवसर मिल्नेछ । व्यापारमा उच्च प्रगतिको योग छ । प्रेम प्रसंगले वैवाहिक मार्ग अबलम्वन गर्नेछ । विवाहितहरूको दाम्पत्य जीवन सुखमय रहनेछ । बैशाख, ज्येष्ठ, आश्विन, चैत्रमा पराक्रम बढ्ने, अधुरा काम बन्ने, नयाँ कामको अवसर मिल्ने र धन मनग्य कमाउने अवसर मिल्नेछ । यो समय महत्वपूर्ण कामका लागि अनुकूल रहनेछ भने आषाढ, कार्तिक, फाल्गुन धेरै समस्या झेल्नु पर्ने समय हो । स्वास्थ सन्तुलित राख्न अलि धेरै हिड्ने प्रयास गर्नुहोला । खानपानमा विचार पुर्याउनु होला । नगद सहयोग गर्न बन्द गर्नुहोला । बलको काममा भन्दा वुद्धिको काममा जोड दिनुहोला । वर्षभरि नै बिहान उठेर ॐ नमः शिवाय यो मन्त्रको १०८ जप गर्नु वेश हुनेछ ।