वर्ष आरम्भमा द्वितीय राहु, अष्टम केतु तथा बाह्रौँ शनिको प्रतिकूलताले स्वास्थ्य सम्बन्धी कठिनाइका साथै अर्थिक कठिनाइ समेतले चिन्तित बनाउने छ। लेनदेनको विवाद चर्किँदा कानुनी रूपमा समेत क्षति पुग्न सक्छ । सत्रुले पाइला पाइलामा खेदो गर्नेछन् । असफलता धेरै हुँदा मनोबल कमजोर हुनेछ । परिवारको सहयोग नपाउँदा काम गर्ने आँट नआउने हुँदा सबै काम अधुरा रहनेछन् । आम्दानीका मार्ग बन्द हुने र खर्च गर्नु पर्ने बाध्यताहरूले चिन्ता बढाउने हुँदा निद्रा कम हुने भएकोले पानी धेरै पिउनु पर्ला । विश्वास दिलाएर फसाउनेहरू प्रसस्तै हुने भएकोले उच्च नेता वा कर्मचारीको ओहोदामा हुनेले कुनैपनि काम गर्दा अरुको विश्वास गरेमा पदप्रतिष्ठामा आँच आउन सक्छ । बैशाख १७देखि केन्द्रादि दोषयुक्त गुरू चतुर्थ स्थानमा प्रवेश गर्ने र आठौँ र बाह्रौँ स्थानमा दृष्टि दिने आषाढ ३१ गतेदेखि राशिमा शनि बक्र हुँदा समय अलि नराम्रो हुनेछ । व्यापारमा संकट आउनुको साथै वैदेशिक कार्यमा समेत समस्या आउनेछ । राज्यको प्रतिनिधित्व गरेर असल काम गर्दा समेत दुःख पाउने विदेश जाने प्रयास गर्दा धन नास हुने कूटनीतिक कार्यमा लगनशील भएर काम गर्दा पनि राज्यबाट धोका पाउनु होला। नोकरीमा संयम भएमा गुरूको दृष्टिले केही सहज र राजनीतिमा र वैदेशिक कार्यमा सफलता पाउने धार्मिक कार्यले सहज हुने हुँदा धर्ममा संलग्न भई काम गर्नु होला । घर तथा सवारी साधनमा अनेकन समस्या आउनेछन् । अरुसँग गरेको विश्वासले अप्ठ्यारो वातावरण निर्माण गर्नेछ। पढाइमा सफलता मिल्नेछैन। सन्तानहरूबाट सहयोग पाउने सम्भावना कम हुनुको साथै सन्तान प्राप्तिमा समेत समस्या आउने योग छ । पति पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला । बैशाख, श्रावण, मार्ग, पौषमा सूर्यको अनुकूलताले प्रयत्न गर्दा केही काम बन्ने भएकोले राम्रो काममा प्रयत्न गर्दै गोपनीयताका साथ अग्रसर हुनुहोला । ज्येष्ठ, आश्विन, माघप्रतिकूल महिना भएकोले संयम भएर काम गर्नुहोला । ॐ नमः शिवाय ।। यो मन्त्रको जप सधैँ गर्नुहोला । ॐ भास्कराय विद्महे महाँतेजाय धीमहि तन्ने सूर्यः प्रचोदयात् ।। यो मन्त्र वर्षारम्भदेखि पढ्नुहोला ।