समग्रमा यष वर्ष ग्रह गोचर राम्रो छैन । वर्षारम्भको समयमा एकादश गुरू, भाग्य भावको शनि अनुकूल भएकोले वाकसिद्धिका साथै शत्रु पराजय हुने योग छ । बोलीको प्रभावमा अरुलार्ई विश्वास दिलाउन सफल भई आफ्नो कार्य अघि बढाउन सकिनेछ । राज्यबाट सम्मान हुने र वैदेशिक कार्यहरू तीब्र गतिमा अगाडि बढ्नेछन् । कुटनीतिक कार्यमा आफूलार्ई दक्ष सावित गर्दै राजनीतिमा वैदेशिक सहयोग हासिल गरी राज्यसत्तामा पुग्न सकिनेछ । कर्म भन्दा भाग्यलाई जोड दिनु यस वर्ष राम्रो होला । व्यापारमा लक्ष्य अनुरूप सफलता प्राप्त हुनेछ । यो सफलताको योग बैशाख १७सम्म मात्र रहनेछ । सबै निर्णय यसै समयमा गर्नु उचित हुनेछ । तत्पश्चात् दशौँ राहु र बाह्रौँ गुरूकोप्रतिकूल प्रभावले पति पत्नी बीचको सम्बन्धमा विग्रह हुनुको साथै नयाँ प्रेमका छायाँ परेर प्रेम दुश्मनीमा परिणत हुने योग छ । चतुर्थ केतुको प्रतिकूल प्रभावले मित्र सुख नहुने, धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने र विश्वासघात हुने भएकोले गोपनीयता वर्षभरि नै अपनाउनु पर्ला । पेटमा समस्या भइरहने भएकोले खानपानमा ध्यान दिनु जरुरी छ । आर्थिक कारोबार अति आवस्यक अवस्थामा पनि विचार पुर्याएर गर्नु उचित हुनेछ । नोकरीमा मुद्दा मामिला र स्थानान्तरण हुने सम्भावना छ । ठूला व्यक्तिको सहयोग र सहानुभूति भन्दा पनि धोका,प्रतिसोध साध्य गर्दै सानासाना कुरालार्ई कोट्याएर बेलाबेलामा दुःख दिने प्रयत्न भइरहने हुँदा संयमित भएर काम गर्नु उचित हुनेछ । राजनीतिमा पाएको सुविधा गुमाउनु पर्ने अवस्थासम्म आउन सक्छ । राजकाज सम्बन्धी मुद्दाले राजवन्दी बन्नु पर्ने अवस्था आउन सक्छ । ज्येष्ठ, आश्विन, माघ महिनामा व्यापारीलार्ई नोक्सानी, कुटनैतिक कार्यप्रतिकूल रहने, र घरेलु समस्या बढ्ने भएकोले संयम रहनुहोला । बैशाख, भाद्र, मार्ग, चैत्रमा प्रयास गर्दा धेरै काममा सफलता मिल्ने सम्भावना भएकोले काम गर्दा सोचेर गर्नुहोला । ॐ भास्कराय विद्महे महाँतेजाय धीमहि तन्नो सूर्यः प्रचोदयात् । यो मन्त्रको जप गर्नुहोला।